नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ मंसिर ।


स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ५० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५० हजार पाँच सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने रु क हजार आठ सय ४० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

