उपनिर्वाचन : विभिन्न चार स्थानमा मिश्रित परिणाम

उदयपुरको त्रियुगा१२ माओवादी केन्द्रका राई निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ ।



आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाउनुभयो ।

सप्तरीको डाक्नेश्वरी मा जसपा नेपालका साह विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी हुनुभएको छ ।

साहले छ सय ५२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।

कपिलवस्तुको शुद्धोधन मा एमालेका मुसलमान विजयी

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ ।

उहाँले एक हजार एक सय ५० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गर्नुभयो ।

हेटौंडा१२ मा कांग्रेसका तिवारी बिजयी

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ ।

तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिनुभएको छ । तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नु भयो ।

 

 

सम्बन्धित समाचार