करेन्ट लागेर दुई जनाको मृत्यु

देशका विभिन्न स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा सडक भन्दा पारीबाट फलामको रड घरतर्फ ल्याउने क्रममा घर नजिकै रहेको ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिएमसि चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सिरहा, धनगढीमाई नगरपालिका-५ जयपुर टोल बस्ने ३६ वर्षीय रघुनाथ साहको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार