नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।


सुनको मूल्य प्रतितोला रू चार सयले बढेको छ ।
आइतबार प्रतितोला रू एक लाख ४९ हजार सात सयमा कारोबार भएको सुन आज चार सय रुपैयाँले बढेर रू एक लाख ५० हजार एक सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रू एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

