सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ ।

सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू एक हजार नौ सय २५ कायम भएको छ ।

सम्बन्धित समाचार