नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ ।
मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ ।
आज चाँदी प्रतितोला रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।