नवकान्तिपुर संवाददाता
काठमाडौं, २ पुस ।


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रू दुई सयले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको हो ।
सोमबार सुन प्रतितोला रू एक लाख ५१ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५१ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
या चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारको मूल्य अनुसार नै कारोबार भएको छ । सोमबार चाँदी तोलामा एक हजार ८४० रुपैयाँमा किनबेच भएको थियो ।

