नवकान्तिपुर संवाददाता
काठमाडौं, २ पुस ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका उहाँलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
उहाँलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लागिएको हो ।


