केसी दम्पत्तिको वैवाहिक वर्षगाँठले दिने सामाजिक सन्देश

नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले हालै आफ्नो वैवाहिक जीवनको ५०औँ वर्षगाँठ बनाएका छन् । गल्फुटारस्थित होटल ताज प्यालेसमा एक समारोहको आयोजना गरी उनले आफ्नो वैवाहिक जीवनको गोल्डेन जुुब्ली बनाएका हुन् । उक्त समारोहमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, उद्योगपति विनोद चौधरीदेखि विभिन्न पार्टीका शीर्ष नेताहरूकोे उपस्थिति रहेको थियो ।

नेता अर्जुननरसिंह केसी र श्रीमती प्रतिमा केसीको ५०औँ वैवाहिक वर्षगाँठले परिवार र समाजमा एकअर्काप्रति गरिने माया, प्रेम र सद्भावको प्रतिबिम्विन गरेको छ । उमेरमा माया वा प्रेम जसले जसलाई पनि गर्न सकिन्छ तर जीवनपरन्तुसम्म गरिने सदाबहार प्रेमलाई आदर्श प्रेम मान्ने गरिन्छ । समाजले अर्जुन–प्रतिमाको प्रेमलाई पनि यस्तै आदर्श प्रेमका रूपमा लिएको पाइन्छ । त्यसैले पनि समारोहमा उपस्थित सबैले यस जोडीलाई मुक्त कण्ठले प्रशंसा गर्दै बधाई ज्ञापन गरेका थिए ।

जीवन उतारचढावको सँगालो हो । सहज वा राम्रो अवस्थामा मात्र गरिने प्रेमलाई त्रिताले वा धूर्त प्रेम मानिन्छ । जीवनका कठिन परिस्थितिमा पनि समान रूपमा एकअर्कालाई प्रेम गरिरहनु वा प्रेम पाइरहनु सबैका भाग्यमा लेखिएको हुँदैन । त्यसैले पनि त्यस्तो आदर्श प्रेमलाई सबैले सम्मान गर्ने गर्दछन् । केसी दम्पत्ति यस्तै आदर्श जोडीहरूमध्ये पर्दछन् ।

भय, शङ्का र अविश्वासको जगमा बसेको नेपाली समाजमा एउटा नमूना जोडीका रूपमा केसी दम्पत्तिले ५०औँ वर्षगाँठ मनाइरहँदा समाजका सबै तह र तप्काका लागि एउटा प्रेरणादायी र अनुकरणीय विषय बन्नु स्वाभाविक पनि देखिन्छ ।

सम्बन्धित समाचार