

कलाकार प्रमिला रिजाल कलाकारिता सम्मानबाट सम्मानित भएकी छन् ।
रिजाल नेपालका प्रथम उप–राष्ट्रपति पर्मानन्द झाको हातबाट सम्मानित भएकी हुन् । रिजाल विगत डेढ दशकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील छिन् ।
एभरेष्ट नेपाल कल्चरल ग्रुुपमा आबद्ध रिजाल विभिन्न विद्यालयमा नृत्य प्रशिक्षकका रूपमा रही नृत्य प्रशिक्षणको कार्य गर्दै आएकी छन् ।
न्युज लाइन्स मिडिया प्रालिको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा रिजाललाई उनले कलाकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको सो सस्थाकी अध्यक्ष रीता ढकालले बताइन् । उक्त अवसरमा रिजालसँगै विभिन्न पेशामा आबद्ध विशिष्ट व्यक्तिहरु पनि सम्मानित भएका छन् ।
काठमाडौको डाँडा गाउँ, शिवपुरीमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्यसमेत दिएका थिए ।


