नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।


मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । कास्की, मादी गाउँपालिका-६ ताप्राङ बस्ने ७५ वर्षीया खिमा नेपाली सोही ठाउँस्थित बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै मोरङ, कानेपोखरी गाउँपालिका-१ नहरटोल बस्ने ३० वर्षीय गोबिन्द ऋषिदेब आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङ, कटहरी गाउँपालिका-४ स्थित पशुपतिनाथ जुटमिलमा काम गर्ने जहदा गाउँपालिका-३ बस्ने ४१ वर्षीय भवेश मण्डल सोही फ्याक्ट्रीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै दाङ, लमही नगरपालिका-८ बग्रापुर बस्ने ५५ वर्षीय खेमलाल हरिजन आफ्नो घर नजिक बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता मुस्ताङ, थासाङ गाउँपालिका-२ लार्जुङ बस्ने ६३ वर्षीय पूर्ण प्रसाद गौचन आफ्नै घर अगाडि रहेको माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


