सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपाली बजारमा सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू एक सयले बढेको हो ।

आइतबार प्रतितोला रू एक लाख ५५ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५५ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

या, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा एक हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।

सम्बन्धित समाचार