नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । रूकुम पूर्व, भुमे गाउँपालिका-४ साकिम बस्ने ४० वर्षीय महेन्द्र बहादुर बुढामगर सोही गाउँपालिका-४ तल्लो साकिमस्थित रैसाल खोला नजिक बिहीबार मृत अवस्थामा फेला
परेका छन् ।
त्यस्तै काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै पर्सा, जगरनाथपुर गाउँपालिका-६ प्रसौनी बस्ने २४ वर्षीया सुमती कुमारी पटेल सोही ठाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
