नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल आज सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सांसद ढकालले यही जनवरी २० तारिकमा दिन अमेरिकाको वाशिंगटन डीसीमा आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् ।
भ्रमणमा सांसद ढकालसँगै उनकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागी हुनेछिन् ।
पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ट उपाध्यक्ष विनोद डाँगी, महामन्त्री प्रकाशबाबु थापालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा बिदाइ गरेका थिए ।
सांसद ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य रहेका छन् ।