सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सिराहा, लहान नगरपालिका-१२ बाटिका चोकस्थित सडकमा प्र.२-०१-००१ क ००७९ नम्बरको बसले बा.१८ प ८३२५ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका-६ बस्ने ४० वर्षीय किरण थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिसिटी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हुम्ला, चंखेली गाउँपालिका-१ बर्दिस्थित सडकमा बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु.४ त ७७२० नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बोहरावाडा बस्ने ३५ वर्षीय तुले बोहराको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई उपचारको लागि इकाई प्राथमिक स्वास्थ्य केन्द्र रिमी पठाइएको छ ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै सुनसरी, धरान उपमहानगरपालिका-११ सिमाना चोकस्थित सडकमा प्र.१-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८६ वर्षीय वीर बहादुर लामिछानेको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता तनहुँ, म्याग्दे गाउँपालिका-६ छबिसेस्थित सडकमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बा.४ ख ५८०१ नम्बरको बसबाट लडेर बसका सहचालक कास्की पोखरा महानगरपालिका-२८ टाइगर टप बस्ने २६ वर्षीय संजिव महराको आइतबार दिउँसो मृत्यु भएको छ । बसबाट लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता कैलाली, बर्दगोरिया गाउँपालिका-२ झगडपुरस्थित सडकमा भे.२ स ५६६१ नम्बरको अटो र सु.प.प्र.०१-००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने केशव आलेमगरकी छोरी ६ वर्षीया आरती आलेमगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै नव जीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना र मोटरसाइकलमा सवार १ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ ।

अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी रूकुम पश्चिम, चौरजहारी नगरपालिका-१ स्थित सडकमा क.प्र.०३-००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ लामिछाने गाउँ बस्ने ३५ वर्षीय किरणजिबी लामिछानेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित सडकमा बीआर ०६ डिजे २६३२ नम्बरको मोटरसाइकलले ज.१२ प ६०३८ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी पिपरा गाउँपालिका-५ बस्ने ६० वर्षीया राजमरी देवीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको जानकी हेल्थ केयर जनकपुरमा र मोटरसाइकल चालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार