नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ माघ ।


बारा, प्रसौनी गाउँपालिका-७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानुको आगोले जलेर मृत्यु भएको छ ।
आफ्नै घर अगाडि आइतबार बिहान परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
