नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका- १५ ठुली मजुवा घर भएका ३२ वर्षीय कृष्ण बानिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै ललितपुर, महांकाल गाउँपालिका-४ बागभैरव बस्ने ३७ वर्षीय मनुराज वाइवा सोही गाउँपालिका बागभैरव डाँडास्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रामेछाप, गोकुलगंगा गाउँपालिका-३ बाबरे बस्ने ८४ वर्षीया लिला कुमारी सुनुवार आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता उदयपुर, ताप्ली गाउँपालिका-२ धारापानी बस्ने ५३ वर्षीया राम कुमारी राई सोही गाउँपालिका-२ स्थित नारीमाला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी झापा, मेचीनगर नगरपालिका-७ पाथिभरा टोल बस्ने ४६ वर्षीय जीवन राज पाण्डे आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित खाली चौरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सिराहा, कर्जन्हा नगरपालिका-६ बेतहास्थित पोखरीमा सोही नगरपालिका-७ मरेवा बस्ने ६५ वर्षीया देवरेन देवी यादव बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै रौतहट, देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित माछा पोखरीमा कटहरीया नगरपालिका-५ बस्ने ५८ वर्षीय रामचन्द्र राय यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
