नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।


तनहुँ, व्यास नगरपालिका-३ देउरालीनगरस्थित ऋषिङ्ग गाउँपालिका-२ काँहुशिवपुर घर भएका ३६ वर्षीय श्रीराम थापाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत नौ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ७ सय ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
