मृत अवस्थामा सात जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । तेह्रथुम, छथर गाउँपालिका-४ परेवाखोप बस्ने ७१ वर्षीय लोकमान लिम्बु सोही ठाउँस्थित परेवाखोपको पहरे खानेपानीको ट्याङ्कीको गेटबल छेउमा सिमेन्टले ढलान गरेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलस्थित किष्ट अस्पताल भित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र सोही नगरपालिका-८ बिशुन्डोल बस्ने ३१ वर्षीय सन्दिप रावल सोमबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने रौतहट घर भएका २७ वर्षीय अमित कुमार शाह आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता धादिङ, बेनीघाट रोराङ्ग गाउँपालिका-२ देउराली बस्ने २२ वर्षीय विरमान चेपाङ सोही ठाउँस्थित खानिखोलाको खोचमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सप्तरी, शम्भुनाथ नगरपालिका-४ सखुवा बस्ने ८७ वर्षीया कान्ता देवी देव आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी दैलेख, नारायण नगरपालिका-१० स्थित तीन खोलामा सोही नगरपालिका-७ किमुगाउँ बस्ने २२ वर्षीय गगन बहादुर खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-१० बडेलीखेडास्थित नहरको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार