नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू नौ सय र चाँदी प्रतितोला रू १५ घटेको हो ।
सोमबार प्रतितोला रू एक लाख ६० हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५९ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज सोमबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रू १५ ले घटेर रू एक हजार आठ सय ३५ तोकिएकोे छ । चाँदी अघिल्लो दिन प्रतितोला रू एक हजार आठ सय ५० मा किनबेच भएको थियो ।