मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मन्दिर क्षेत्र सुधार समितिको प्राङ्गणभित्र पर्ने फाकु कुलोमा सोही नगरपालिका-६ कोटाल टोल फर्पिङ बस्ने ३५ वर्षीय गणेश भन्ने रमेश घिमिरे शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मामा भान्जा चोक नजिक सडक छेउमा सोही नगरपालिका-१८ निमबुखेडा बस्ने ४२ वर्षीय अचुत राज कलौनी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै बागलुङ, बागलुङ नगरपालिका-६ सल्यखर्क घर भई हाल बागलुङ नगरपालिका-२ लायन्स चोकस्थित टेलरमा काम गरी बस्ने ३३ वर्षीय शंकर नेपाली सोही ठाउँस्थित सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार