नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।
लमजुङ, बेसीशहर नगरपालिका-८ सेराचोकस्थित सन्जु गुरूङको रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ४१ वर्षीय अजित बस्नेत समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ हजार ६ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।