राष्ट्रियसभा बैठक सञ्चलान भइरहेका बेला सांसद भट्ट अस्वस्थ भएपछि…

राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ हुनुभएको छ । आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोज्नुभएपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको थियो ।

रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहनुभएको स्वास्थ्यकर्मी भीमराज सिंहले राससलाई जानकारी दिनुभयो ।

सम्बन्धित समाचार