नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।


सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार दुई सयले बढ्दा चाँदीको मूल्य रु ४५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६६ हजार नौ सयमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार सात सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला रु ४५ बढेर एक हजार नौ सय ७५ मा कारोबार भइरहेको छ । मंगलबार सोही परिमाणको चाँदी रु एक हजार नौ सय ३५ मा कारोबार भएको थियो ।

