सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य बढेको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु एक हजार छ सयले बढ्दा चाँदीको मूल्य रु ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला रु एक लाख ६६ हजार नौ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु ५ बढेर एक हजार नौ सय ८० मा कारोबार भइरहेको छ । बुधबार सोही परिमाणको चाँदी रु एक हजार नौ सय ७५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार