नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, भद्रपुर नगरपालिका-९ खाते बस्ने २१ वर्षीय संजिव आचार्यलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
संजिवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।