नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।


बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट स्रोत नखुलेको १० लाख १७ हजार ५ सय नेपाली रूपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रूपैयाँ सहित भारत घर भएका ५० वर्षीय उजिर मिया समेत तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५४४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
