जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

काठमाडौं, कैलाली र बर्दियाबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० बोशीगाउँ बस्ने विरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विरेन्द्र समेत ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रूपैयाँ, कौडा १८ थान र ३ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै कैलाली, गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-३ बस्ने ५७ वर्षीय गोपाल घिमिरे समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस्तै बर्दिया, बारबर्दिया नगरपालिका-९ बस्ने ३२ वर्षीय निराजन राजवंशीको होमस्टेमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका-८ बस्ने ५४ वर्षीय बसन्त कुमार शर्मा समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलाय मोतिपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ५ सय २६ रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार