नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० माघ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । गोरखा, भिमसेन थापा गाउँपालिका-४ बालुवाटारस्थित बुढीगण्डकी नदी किनारमा आरूघाट गाउँपालिका-८ आरू बस्ने ७२ वर्षीय खेचरनाथ खनाल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दाङ, तुल्सीपुर उपमहानगरपालिका-१० राईखल्यान बस्ने ७३ वर्षीय रामजी चौधरी सोही उपमहानगरपालिका-११ मोतिपुर नजिकै बबई खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-१० शंखमुल गणेश मन्दिर नजिक सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै धनुषा, जनकपुरधाम उपमहानगरपालिका-९ बाह्रबिघास्थित सार्वजनिक शौचालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । उता मोरङ, बिराटनगर महानगरपालिका-१४ भगवती टोलस्थित सडक छेउमा सोही महानगरपालिका-१४ डेरा गरी बस्ने भोजपुर घर भएका ६८ वर्षीय ददिराम भन्ने राम प्रसाद भट्टराई बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाँचथर, हिलिहाङ गाउँपालिका-१ खोलाखर्कस्थित काबेली जलविद्युत आयोजना अन्तर्गत जमला आयोजना कन्ट्रक्सन प्रालिमा काम गर्ने इलाम, इलाम नगरपालिका-५ घर भएका ३२ वर्षीय प्रेम सुन्दर आचार्य सोही कन्ट्रक्सनको क्याम्प नजिकै गए राति मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी झापा, शिवसताक्षी नगरपालिका-११ बच्चा बगर बस्ने ५८ वर्षीया गंगामाया लिम्बु आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।