नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।


दाङ, लमही नगरपालिका-३ टिकुलिगढस्थित घरमा काम गर्दे आएका रोल्पा माडी गाउँपालिका-३ घर भएका ३८ वर्षीय सुरेश घर्तीमगरको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
लमही नगरपालिका-३ स्थित नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
