३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रसुवा, कालिका गाउँपालिका-१ राम्चे बस्ने मिन लामा तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार