संसद्को अभिलेखमा रहेको सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन

सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जली व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो ।

सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिनुभयो । उहाँले संसद् सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिनुभयो ।

सम्बन्धित समाचार