नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ फागुन ।
म्याग्दीको मुना केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । आज बिहान बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीको मुना केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको मुना भन्ने स्थानमा रहेको जनाएको छ । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको छ ।
यसअघि सोमबार बिहान लमजुङ केन्द्रबिन्दु भएर ३.१ म्याग्निच्युड भूकम्प गएको थियो ।