नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ फागुन ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५ लाख ६४ हजार १ सय ट्याब्लेट सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा घर भएका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महाङ्काल गाउँपालिका-४ बस्ने ३३ वर्षीय सुधिर लामिछाने रहेका छन् । साईमनलाई ५ लाख ३४ हजार १ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-४ टोखाबाट शुक्रबार र सुधिरलाई ३० हजार ट्याब्लेट ट्रामाडोल सहित काठमाडौं महानगरपालिका-१४ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।