स्रोत नखुलेको रकम सहित एक भारतीय पक्राउ

सर्लाही, मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको रकम ७ लाख ५८ हजार ३ सय १० रूपैयाँ सहित भारत बिहार सितामाढी ग्राम पञ्चायत बिसनपुर-१५ बस्ने २२ वर्षीय चन्दन कुमार महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एबि ९१८३ मोटरसाइकलमा सवार उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार