माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताउनुभएको छ । पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय माओवादी केनद्रको ‘एजेन्डा’प्रति जनताको आकर्षण बढेको बताउनुभयो । स्थानीय तहको उपनिर्वाचनसम्म आउँदा यो कुराको व्यावहारिक रुपमै पुष्टि भएको उहाँको भनाइ थियो ।

जनताको एकताबद्ध प्रयासबाट आफूहरु अगाडि बढ्ने अध्यक्ष दाहालले बताउनुभयो । आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्याउने उहाँको भनाइ थियो ।

सम्बन्धित समाचार