नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी, इटहरी उपमहानगरपालिका-१६ बस्ने ६८ वर्षीय तुलसीराम निरौलालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
निरौलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।