नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । धनकुटा, धनकुटा नगरपालिका-६ गोठगाउँस्थित सडकमा प्र-१-०२-००२ ख ००४९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया नन्द कुमारी राईको मंगलबार राति घट्नास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै महोत्तरी, सोनमा गाउँपालिका-४ गुलरियास्थित सडकमा गुलेरियाबाट खेस्राहतर्फ जाँदै गरेको ज.१ त ८४३ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने उमेश कुमार यादवको छोरा ८ वर्षीय कोलव कुमार यादवको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी ऐकेडेमी पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै स्याङ्जा, गल्याङ नगरपालिका-११ खरिपानीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.३ च ३३२४ नम्बरको पिक अप भ्यान गए राति दुर्घटना हुँदा चालक पाल्पा रम्भा गाउँपालिका-३ बस्ने २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गल्याङ नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भ्यानका सहचालकको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । उता मोरङ, बुढिगंगा गाउँपालिका-५ हातिमुडास्थित सडकमा प्रदेश १-०२-००३ ह ५०१७ नम्बरको सिटी र ज.१२ प ६८७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक बुढिगंगा गाउँपालिका-५ गोकुवा बस्ने २८ वर्षीय फिरोज कुमार सिक्दारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटी चालक र सिटीमा सवार १ जनाको बिराट नर्सिङ होममा उपचार भइरहेको छ । यता कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालस्थित सडकमा यता मजुवाबाट पोखरातर्फ आउँदै गरेको ग.७ प २५८५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक पोखरा महानगरपालिका-३२ खुदीखोला बस्ने रूकुम पुर्व घर भएका ३३ वर्षीय तपराज बुढामगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी चितवन, राप्ती नगरपालिका-६ हर्दीचोकस्थित सडकमा ना.७ त ४९३ नम्बरको ट्याक्टरमा बागमती प्रदेश ०६-०१ प २९०८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा घर भएका ४० वर्षीय भुपेन्द्र श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यसैगरी धादिङ, गल्छी गाउँपालिका-३ गुप्तेश्वरभिरस्थित सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१-००४ क ३३५२ नम्बरको पानी ट्याङकर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा ट्याङकरमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याङकरमा सवार अन्य २ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै भोजपुर, षडानन्द नगरपालिका-४ साङराङस्थित सडकमा दिङलाबाट साङराङतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको ट्याक्टर गए राति दुर्घटना हुँदा ट्याक्टरमा सवार पौवादुम्मा गाउँपालिका-५ खोक्ला बस्ने १६ वर्षीय विवेक राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खादबारी संखुवासभामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै म्याग्दी, अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित सडकमा सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा.६ च ४६४४ नम्बरको भ्यान बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ घराप बस्ने ४० वर्षीया सुनदेबी गौचनको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका भ्यानमा सवार अन्य ३ जनालाई उपचारको लागि पोखरातर्फ रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।