नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु दुई सयले घटेको को छ ।
बुधबार प्रतितोला सुन रु एक लाख ७० हजार पाँच सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ७० हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने रु ५ ले बढेको छ । बुधबार तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।