मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा देशक विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३ दोभानस्थित बागमती नदीमा सोही ठाउँ बस्ने ३६ वर्षीय श्याम नेसुर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका-४ स्थित जिर्ण अवस्थामा रहेको घर छेउमा सोही महानगरपालिका-७ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय अडबिर राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सिरहा, सिरहा नगरपालिका-१३ फुलबरिया टोल बस्ने धर्मेन्द्र मुखियाको छोरा ५ वर्षीय देवान्स मुखिया सोही ठाउँस्थित पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । उता पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ बस्ने दिपक यादवकी छोरी ३ वर्षीया रिंकी कुमारी यादव सोही ठाउँस्थित सार्वजनिक पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता दार्चुला, नौगाड गाउँपालिका-१ एयरकोट बस्ने ७६ वर्षीय बिरभान सिंह महता सोही ठाउँस्थित सोल्याड भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार