नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु दुई हजार दुई सयले घटेको को छ ।
बिहीबार प्रतितोला सुन रु एक लाख ७० हजार तीन सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ६८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि रु ३० ले घटेको छ । बिहीबार तोलामा एक हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।