बालेनले प्रधानमन्त्री ओलीले भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ भनेपछि…

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भोको पेट मारेर आफू हराउन खोजेकाे आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल मार्फत बालेनले प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाउनुभएको हो ।

मेयर साहले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ । । त्यस्तै उहाँले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिंडेको मान्छे रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे। ‘मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’ उहाँलेले भन्नुभएको छ ।

सम्बन्धित समाचार