जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

स्याङ्जा, वालिङ नगरपालिका-६ मिर्दी बस्ने ६८ वर्षीय तेज बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत सात जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय ३५ रूपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार