सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक हजार चार सयले वृद्धि भएको छ ।

सोमबार प्रतितोला सुन रु एक लाख ६८ हजार एक सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि रु २५ ले बढेको छ । सोमबार तोलामा एक हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा एक हजार ९४० रुपैयाँ कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार