मृत अवस्थामा छ जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । झापा, बिर्तामोड नगरपालिका-१ स्थित टाइमलेस होटेल नजिकै सडकको किनारमा इलाम फाकफोकथुम गाउँपालिका-१ घर भएका ५० वर्षीय गोबिन्द बोहरा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-४ बिरिङ्ग खोलास्थित झोलुङ्गे पुल मुनी पानी जमेको खाडलमा सोही ठाउँ बस्ने ५८ वर्षीय कृष्ण दाहाल मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१२ बिठुवास्थित आँपको बगैंचामा सोही नगरपालिका-१२ सौराहा बस्ने १९ वर्षीय राजनाथ मल्लाह मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका-१० झिङगास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता मकवानपुर, राक्सिराङ गाउँपालिका-६ कोलडाँडा बस्ने ४९ वर्षीया सिता माया गलान सोही ठाउँस्थित सिलिङ्गे सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता रूकुम पश्चिम, मुसिकोट नगरपालिका-४ बस्ने ७० वर्षीया कमला वली सोही नगरपालिका-४ बाहुनडेरा राजापानीको जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार