नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु तीन सयले वृद्धि भएको छ ।
बुधबार प्रतितोला सुन रु एक लाख ७० हजार छात सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७० हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि रु ३५ ले बढेको छ । बुधबार तोलामा एक हजार ९५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको छ ।