सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु पाँच सयले घटेको छ ।

बिहीबार प्रतितोला सुन रु एक लाख ७० हजार सात सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ७० हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने रु ५ ले बढेको छ । बिहीबार तोलामा एक हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा एक हजार ९९० रुपैयाँ कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार