नेपाली बजारमा आइपुग्यो नथिङ फोन थ्री ए

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्री ए सेरिज अन्तर्गतको नथिङ मोबाइल थ्र्री ए नेपाली बजारमा आइपुगेको छ । चौधरी समूहअन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्री ए सेरिज लन्च गरेको हो ।

विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्री ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको छ । गत मार्च ५ तारिकदेखि प्रि-बुकिङ शुरु गरिएको नथिङ फोन थ्री ए को प्रि-बुकिङ दोश्रो दिन नै बन्द गर्नु परेको जनाइएको छ । लिमिटेड स्टकमा दिएको एक्साइटिङ प्रिबुकिङ अफरमा उपभोक्ताको अत्याधिक आकर्षण भएकैले
तोकिएको अवधि नसकिंदैं प्रिबुकिङ अफर रोक्नु परेको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताए ।

नथिङ टेक इन्थ्युजियास्टहरुको सर्वाधिक प्रिय स्मार्टफोन ब्राण्ड हो । स्मार्ट फोन डिजाइन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाइन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाइन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेईले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाइनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । जसको आम उपभोक्ताले खुलेर प्रशंसा गरे अनि नथिङ विश्व बजारमा इन्नोभेटिभ स्मार्टफोनको रुपमा सहजै स्थापित भयो ।

“ट्रान्सप्यारेन्ट ब्याक डिजाइन र ग्लिफ लाइटिङ भएको फोनको रुपमा नथिङ टाढैबाट सहजै चिनिने स्मार्टफोन हो ।” माहाप्रबन्धक विनय जोशी भन्छन्, “जसलाई नथिङले आफ्नो नयाँ सेरिज फोन थ्री मा निरन्तर कायम राखेको छ । आफ्नो अधिल्लो सेरिजको डिजाइन ल्याङ्ग्वेजलाई पछ्याउँदै नथिङले नयाँ सेरिज फोन थ्रीमा थप परिमार्जन र डिजाइन अझ
परिस्कृत तुल्याएको छ ।”

हालै नेपाली बजारमा उपलब्ध भएको नथिङ फोन थ्री ए डिजाइन थप प्रिमियम देखिएको छ । फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले फोनको डिजाइनलाई अझ उत्कृष्ठ देखाएको छ भने अधिल्लो सेरिजमा प्रयोग गरिएको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ बढी प्रिमियम र क्लासी फिल भएको हो ।

सम्बन्धित समाचार