जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं महानरपालिका-२६ मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका- १० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ इन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार