नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।


१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बेलका नगरपालिका- ५ शिखरमाडी बस्ने २४ वर्षीय कृष्ण परियार र २४ वर्षीय भरत बिशुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


